हात्तीको आक्रमणबाट हंसराजको मृत्यु

काठमाडौं ।
चितवनको रत्ननगर नगरपालिका-६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा हात्तीको आक्रमणबाट कुँवरको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्