Techie IT
बिहीबार, माघ ८,२०७७

अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद


काठमाडौं ।

नवलपरासी)पश्चिम)को सरावल गाउँपालिका-७ गणेशपुरस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिब १ लाख ४ हजार १ सय ६० रुपैयाँ बराबरको ३१ बण्डल खुर्सानी पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्