करेन्ट लागेर मृत्यु

काठमाडौं,साउन २६
सप्तरीको राजविराज नगरपालिका-१ रहम्तपुर बस्ने ३५ वर्षीय महम्द ईजलाम आलमको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका आलमको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्