Techie IT
मंगलबार, मंसीर १६,२०७७

डुबेर मृत्यु


काठमाडौं,साउन २६

रुपन्देहीको रोहिणी गाउँपालिका-३ हिरा ईट्टा उद्योगमा बस्ने १८ वर्षीया आषिया दर्जीको सोही उद्योगको ईट्टा बनाउन माटो निकालिएको खाल्टोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आइतबार देखि हराएकी उनको खोजी गर्ने क्रमामा उक्त खाल्टोमा सोमबार शव फेला परेको हो ।

यस्तै गरेर धनुषाको ईश्वरनपुर नगरपालिका-५ वयलबास बस्ने शिव कुमार महतोको छोरा १२ वर्षीय सुमन महतोको सोही नगरपालिका-४ पुष्पालपुरमा रहेको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ ।

उक्त पोखरीमा नुहाउने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका उनको फूलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्