मोटरसाइकल दुर्घटना र कालीगण्डी किनारमा मृत्यु

काठमाडौं,साउन २६
बाराको पचरौता नगरपालिका-८ स्थित सडकमा ना।३४ प ३४०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेको करिब ३१ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै गरेर स्याङजाको चापाकोट नगरपालिका-८ खोरियाघाट बस्ने ७२ वर्षीय तोय बहादुर माझी सोही ठाउँस्थित कालिगण्डकी नदीको किनारमा सोमाबर मृत अवस्थामा फेला परेका छन् ।
डोटी, पूर्वीचौकी गाउँपालिका-१ फुलोटस्थित सडकमा धनगढीबाट अछामतर्फ जाँदै गरेको ना।७ ख १७३ नम्बरको बसमा अछाम मंगलसैन नगरपालिका(४ बस्ने ३७ वर्षीय बाल केसी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, बागमती गाउँपालिका-५ स्थित बागमती खोलाको किनारमा सोमबार हाल नाम, थर, वतन नखुलेकी करिब ३३ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्