Techie IT
आईतबार, असोज ४,२०७७

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन २६

काठमाडौंको शंखरापुर नगरपालिका-१ भुजेलटोल बस्ने ४० वर्षीय टेक बहादुर भुजेललाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नाङलेभारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्