Techie IT
शनिबार, असोज ३,२०७७

जनकपुरधामका मृतकमा कोरोना पुष्टि


काठमाडौं,साउन २६

जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको राससले जनाएको छ ।

त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए ।

काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्