Techie IT
बिहीबार, असोज ८,२०७७

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण २३ हजार ३१० पुगे संक्रमित !


काठमाडौं,२६ साउन
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप ३३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारमन्त्रालयका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो सँगै ७९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्