Techie IT
शनिबार, असोज १०,२०७७

३७ अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौ, साउन २६
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक ३७ दसमलव ७४ अंकले उकालो लागेर १४ सय ३० दसमलव ४१ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ६३ अंकले उकालो लागेर दुुई सय ९८ दसमलव ६४ अंकमा चढेको छ ।

आज कुुल एक सय ८९ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार ३४ हजार छ सय २३ वटा कारोवारमा ४२ लाख ५२ हजार आठ सय आठ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५५ करोड ५५ लाख १८ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।

धितोपत्र बजारमा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये सामुुहिक लगानी कोष समुहको सुचक शुन्य दसमलव शुन्य तीन अंकले ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक उकालो लागेको छ । आज स्वदेशी लघुुबित्त बित्तीय संस्थाले बढी कमाएको छ भने दिव्येश्वरी हाईड्रो पावर कम्पनीले बढी गुमाएको छ । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनीको सबै भन्दा बढी रकम कारोवार भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्