दूधजन्य पदार्थमा मिसावट गर्ने उद्योग व्यवसायीहरुलाई कारवाही गर्न उपभोक्तामञ्चको माग

काठमाडौं,साउन २६
कोरोना कहरको अवसर छोपेर आम उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने दुध र दुधजन्य पदार्थको विक्री वितरणमा मिसावट तथा कम तौल गरेर ब्यापार गर्ने गरेको पाइएकाले संबन्धित ब्याबशायीलाई नियमन गरेर कारवाहीको दायरामा ल्याउन राष्ट्रिय उपभोक्तामञ्च नेपालले माग गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आज एक बत्तब्य प्रकाशित गरी कोरोनाको जोखिम बढिरहेको वर्तमान अवस्थामा देशका प्रमुख शहरहरुमा दुग्ध उत्पादक तथा उधोग ब्याबशायीहरुले आम उपभोक्तालाई दुधमा मिसावट गर्ने,कम तौल बनाइ बेच्ने, अखाद्य वस्तुको मिश्रण बनाइ बेच्ने गरेकोले यस्तो अमानविय कारोवार गर्ने ब्याबशायीलाई यथाशिघ्र कारवाही गर्न उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्