पहिरोका कारण धनमाल क्षति

काठमाडौं,साउन २६
हुम्लाको चंखेली गाउँपालिका-३ मिमिगाँउमा आइतबार आएको पहिरोका कारण सोही ठाउँ बस्ने चन्द्र सिंह बुढा लगायत ३ जनाको ढुंगा माटोले बनेको तीन वटा घर भत्किँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
क्षतिका कारण अहिले पिडित बुढाको परिवार बिचल्लीमा परेको छ ।घटनास्थलमा तत्काल खटिएको प्रहरीले उद्दार कार्य गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्