Techie IT
शनिबार, मंसीर १३,२०७७

विीभन्न कारणले मृत्यु


काठमाडौं ।

झापाको दमक नगरपालिका-२ स्थित डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने २२ वर्षीय मुकेश मगरको बुधबार मृत्यु भएको छ ।

मुकेश डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

काभ्रेको माहाभारत गाउँपालिका-७ अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर पनौती नगरपालिका(१ र्याहले बस्ने २१ वर्षीय बिनोद श्रेष्ठको बुधबार मृत्यु भएको छ ।

धनुषको, मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतोको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

यस्तै सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौली बस्ने ६५ वर्षीय सोम प्रसाद न्यौपाने आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । राति खाना खाई सुतेकोमा उनी मृत फेला परेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ स्थित बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्