Techie IT
शनिबार, मंसीर १३,२०७७

आगलागीबाट धनमाल नष्ट


काठमाडौं ।

सर्लाहीको बरहथवा नगरपालिका-१४ लालडियर बस्ने राम विहारी महतोको घरमा बुधबार राति आगलागी हुँदा घर जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ मनहरा लोकन्थलीस्थित केश क्याफे नजिकै पार्किङ गरी राखेको सोही ठाउँ बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको बा.८७ प ३८०५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्