Techie IT
शनिबार, मंसीर १३,२०७७

विभिन्न धनमाल चोरी


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका(४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंकको पिन नम्बर लेखिएको एटिएमबाट नगद १ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका-३ स्थित श्री तपसबी जगदेव माबि स्कुलबाट डेक्सटप कम्प्युटर, सीसीटिभी क्यामेरा, र कम्प्युटर प्रिन्टर समेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्