Techie IT
मंगलबार, कात्तिक ४,२०७७

मेलम्चीमा पहिरोबाट आठ बेपत्ता


काठमाडौं,साउन १९

गए रातिको अविरल वर्षाले पहिरो जाँदा सिन्धुपाल्चोकको मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

कभर्ड हल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी राससलाई दिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्