Techie IT
बिहीबार, मंसीर १८,२०७७

कोरोनाबाट सतर्क रहन भरतपुर महानगरको आग्रह


काठमाडौं,साउन २६

महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छिन् । उनले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेको राससले जनाएको छ ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उनले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने जानकारी दिइन् । महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

बैंक, प्रहरीलगायत स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् । भरतपुर महानगरको अगुवाइमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको थियो । सो अस्पताल पछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गरेकी छिन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्