नयाँ बानेश्वरमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । नयाँबानेश्वर स्थित संघीय संसद भवन मेन गेट पछाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
परिचय नखुलेको अन्दाजी ३५/४० वर्षको पुरुष व्यक्तिले शरिरमा एसिड जस्तो देखिने तरल बस्तु शरिरमा छर्केर आगो लगाएका हुन् ।
उनको शरीरको धेरै भाग जलेकाले उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लागिएको छ ।के कारणले आत्मदाह गर्न खोजे भन्ने खुलेको छैन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्