पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्