राज्यका संयन्त्रलाई थिलोथिलो पारिएकाले अपेक्षित काम गर्न सकिएन : लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताए ।
मंगलबार प्रतिनिधिप्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री लामिछानेले पुराना दलहरूले बिगारेको पद्धति सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, “कानून पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउने गरेका छन् ।”
“राज्यका संयन्त्र गिँजोलिएका छन् तीनलाई ट्र्याक बाहिर लगिएको छ”, उपप्रधानमन्त्री लामिछानेले भने, “छिट्टै परिणाम देखिनेछ ।” नेपाली जनताको हितको बहसमा केन्द्रित होस् भन्ने आफूले चाहेको उनको भनाइ छ । “संसद्को गरिमा कायम रहने गरी सबैले भूमिका खेल्नुपर्छ”, उनले भने ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्