Techie IT
१८ माघ २०७९, बुधबार

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन


काठमाडौँ । प्रतिनिधि सभाले कार्य सञ्चालनका लागि २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठन गरियोस भन्ने प्रस्ताव गरेका हुन् । कांग्रेसका रामकृष्ण यादव र एमालेका ऋषिकेश पोखरेलले समर्थन गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

२१ सदस्यीय उक्त समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् ।

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्