Techie IT
१८ माघ २०७९, बुधबार

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूतबीच भेट


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित लगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्