प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन, प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्