प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
यसैगरी प्रधानमन्त्री दाहाल र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुको साथै शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्