Techie IT
बिहीबार, असोज ८,२०७७

भीम मा.वि.मा आधुनिक सभाहल निर्माण गरिने


दोलखा, साउन २६
भीमेश्वर नगरपालिकास्थित भीम माध्यमिक विद्यालयमा सुविधासम्पन्न आधुनिक सभाहल निर्माण गरिने भएको छ । जिल्लाको तेस्रो पुरानो उक्त विद्यालयका पूर्वविद्यार्थीहरूले आधुनिक सभाहल निर्माण गरिदिने भएका हुन् । सभाहल निर्माणको शुभारम्भ आइतबार एक कार्यक्रमका बीच वाग्मती प्रदेश सांसद पशुपति चौलागाई र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले संयुक्तरूपमा गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको उक्त विद्यालयको परिसरमा १ सय ८० सिट क्षमताको जिल्लाकै नमुना सभाहल निर्माण गर्न लागिएको पूर्वविद्यार्थी समाजका अध्यक्ष रमेश खतिवडाले जानकारी दिए ।

उनका अनुसार उक्त सभाहल निर्माणको लागि ३५ लाख लागत लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म सभाहल निर्माणका लागि १२ लाख ५० हजार रकम संकलन भइसकेको समेत उनले जानकारी दिए । हल निर्माणका लागि भीमेश्वर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर सुरेश राउतले मुल कन्सेप्ट बनाएका हुन् भने भवनको डिजाइन चौधरी ग्रुपमा कार्यरत दोलखा बजारकी आर्किटेक ईन्जिनियर दिप्ती मास्केले गरेकी हुन् । सिङ्गो दोलखा जिल्लाको इतिहास बोकेको पुरानो विद्यालय भीम माविको सरक्षण गर्न पूर्वविद्यार्थी लागिपरेको भन्दै कार्यक्रमका वक्ताहरूले पूर्वविद्यार्थी समाजलाई धन्यवाद दिए । सभाहल निर्माण गर्न प्रदेशतहमा कुरा राख्ने प्रदेश सांसद चौलागाईले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्