त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख चुडाल पक्राउ

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।
उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले संचारमाध्यमहरुलाई जानकारी दिएका छन्। उनी माथि थप अनुसन्धान भैरहेको बताईएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्