Techie IT
१८ माघ २०७९, बुधबार

झगडियाको होटलमा न्यायाधीशको खानपीन !


काठमाडौं,सर्वोच्च बारको नयाँ नेतृत्वको पदस्थापन तथा रात्री भोजमा सहभागी हुने वाहनामा कामु प्रधानन्याधीश झगडिया होटल एलफ्टमा किन गए भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ ।

गत ७ गते एलफ्ट सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको आरोप जनस्तरबाट लाग्दै आएको छ । सार्वजनिक ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टर बिरुद्ध सर्वोच्च अदालतमा मुद्या विचाराधीन अवस्थामै रहेको छ । उक्त छायाँ सेन्टरका योजनाकार संचालक थृवी बहादुर पाण्डे हुन् । झगडियाको होटलमा कामु प्रधानन्यायाधीश कार्की लगायत न्यायाधीशहरु लर्को लागेर भोज खाना पुग्ने व्यवस्था सर्वोच्च वारले मिलाइदिएको हो ।

कामु प्रधानन्यायाधीश कार्की न्यायाधीशहरु लगायत नेपाल वारका गोपाल कृष्ण घिमिरे,अन्जना खनाल,कुष्ण प्रसाद भण्डारी,सर्वोच्च वारका हरिशंकर निरौला,पूर्णमान साक्य खगेन्द्र प्रसाद अधिकारी लगायत झण्डै दुई सय व्याक्ति उक्त ककटेल डिनर पार्टीमा सहभागी थिए ।

सोहि दिन दिउँसो पनि सम्पदा प्रेमी भागवत नरसिंह प्रधान,राजवीर डंगोल लगायत झण्डै ५० जनाको टोलीले सार्वजनिक ऐतिहासिक कमल पोखरी कब्जा गरेर बनाइएको छायाँ सेन्टर भत्काएर सांस्कृतिक संपदा जर्गेना गर्नु पर्ने माग लेखिएका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

उनीहरुले चाहि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गरेका थिए । तर सर्वोच्च अदालतका न्यायाधीशहरुले चाहि झगडिया होटलमा विना कुनै हिचकिचाहट खानपिन गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्