Techie IT
आईतबार, कात्तिक ९,२०७७

पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव ३७ दिनपछि फेला


बझाङ, साउन २६
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा ३७ दिनपछि पहिरोमा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत असार १९ गते राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा करिब ढेड महिनापछि आइतबार मृत फेला परेका हुन् । उनको शव स्थानीय लोकबहादुर जेठाराको घरपछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए । उनका अनुसार स्थानीय लोक जेठाराले घरवरिपरि पसेको ढुङ्गामाटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्