Techie IT
आईतबार, मंसीर २१,२०७७

आत्मनिर्भर बन्ने पेशामा तिलोत्तमाका गृहिणीहरु


पोसकान्त पोखरेल
बुटवल, साउन २६

तिलोत्तमा–४ भक्तपुर, रुपन्देहीका महिलाहरुले घर गृहस्तीको साथै आत्मनिर्भर बन्ने बाटो पहिल्याएका छन् । उक्त वार्डका केही महिलाहरुले समुह बनाएर फूल खेती गरेर बिक्री वितरण गरेसँगै उनीहरुले आत्मर्निभरताको बाटो अपनाएका हुन । १५ जनाको समुह बनाएर दुई कठ्ठा जग्गामा फूल खेती गरेका महिलाहरुले अहिले उक्त क्षेत्रफल र व्यवसायलाई बृद्धि गरेर १२ कठ्ठामा फूल खेती गर्दै आएका छन् । १५ जनाको समुह भएपनि फूल खेतीमा अध्यक्ष मायादेवी भट्टराई, सचिव तारा पोखरेल, उपाध्यक्ष रेणुका पाण्डे, कोषाध्यक्ष लक्ष्मी ज्ञवाली र सदस्य विष्णु पराजुली गरी पाँच जनाको सम्युक्त लगानीमा भएको बताउँदै अध्यक्ष मायादेवी भट्टराईले बाँकी दश जना सदस्यहरुले माला बुन्न सघाउने र उहाँहरुलाई प्रतिमालाको हिसाब गरेर भुक्तानी दिने गरेको बताईन ।

कोरोना भाईरसको महामारीले गत आर्थिक बर्षमा राम्रो व्यापार हुन नसकेको बताउँदै उपाध्यक्ष रेणुका पाण्डेले सुरुमा १७ धुर जग्गामा सुरु ग¥यौं । १७ धुरमा हामिले तीस हजार आम्दानी ग¥यौं । पछि आम्दानी हुने रहेछ भन्ने सोचेर थप जग्गा लिजमा लिएर व्यवसायलाई बृद्धि त ग¥यौं कोरोना भाईरसले सोचेजस्तो सफलता प्राप्त गर्न सकिएन । तर पनि हार मान्नु हुँदैन अहिले नभएपनि भोलीका दिनमा अवश्य हुन्छ भन्ने दृढ संकल्पका गर्दै उच्च मनोबल बनाएर बसेको बताईन । उनले सानो भोलुममा पाएको सफलताले क्रमश स्वरुप फेर्दै भविष्यलाई राम्रो मार्ग देखाउने बताउँदै फूल खेतीमा भविष्य छ भन्ने संकेत र शन्देश प्राप्त गरेको बताईन ।

सचिव तारा पोखरेलले बदलिदो समय सँगै महिलाहरुले पनि आफूहरुलाई परम्परागत सोच र प्रचलनबाट बाहिर निकाल्न जरुरी रहेको बताउँदै पछिल्लो समयमा राजनीतिमा दिईएको महिला आरक्षणले नेपाली महिलाहरुको गरिमा बढाएको बताई । अवसर पाए महिलाहरु पनि पुरुष भन्दा कम नभएका विभिन्न उदाहरणहरु दिंदै उनले भनिन् हामी सक्दैनौं र हुँदैन भन्ने कुरा मन मस्तिष्कबाट हटाउनु पर्छ । गरे जे पनि हुन्छ नगरे केही पनि हुँदैन । महिलाहरु घर भित्रै हराउनु पर्छ भन्ने कही कतै उल्लेख गरेको छैन । घरको काम गरेर पनि टिभी हेरेर बस्ने फुर्सदको समयमा धेरै सीपमूलक कामहरु गर्न सक्छौं । सीपमूलक कामहरुले एकातिर हाम्रो क्षमतामा बृद्धि गर्छ भने अर्कोतिर आम्दानी पनि थपिंदै जान्छ । सक्षम र दक्ष धेरै महिला दिदी बहिनीहरुले राज्यका विभिन्न तहतप्कामा बसेर काम गर्नु भएको छ । क्षमता कम हुनेहरुले सीपमूलक तथा व्यवसायिक पेशा तर्फ हात बढाऔं स्वतः हामीआफ्नो खुट्टामा आफैं उभिन सक्छौं ।

मौसमी तथा बेमौसमी फूलहरु उत्पादन गर्ने गरेको जानकारी गराउँदै कोषाध्यक्ष लक्ष्मी ज्ञवाली र सदस्य विष्णु पराजुलीले विशेष गरेर सयपत्री फूल लगाएको बताए । उनीहरुले समयको आवश्यकता अनुसारका फूलहरुमा विशेष जोड दिने योजना अनुरुप सञ्चालित भएको बताउँदै मखमली, थुङ्गे लगायतका फूलहरु लगाउने र उक्त फूलहरुका विरुवा आफूहरुले नै उत्पादन गर्ने गरेको बताए । आर्थिक राष्ट्रिय दैनिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #samachar

तपाईको कमेन्ट लेख्नुहोस्