Techie IT
१८ माघ २०७९, बुधबार

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने


बर्दिया । केन्द्रबाट बजेट निकासा भएकाले राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ ।

उक्त बजेटसँगै निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताएका छन् । यस वर्ष सरकारले मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ र मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको छ । यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको छ । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने ठाउँ राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्