Techie IT
मंगलबार, कात्तिक ४,२०७७

नेपालमा थप ३ हजार एक सय ६७ जनामा कोरोना संक्रमण, १ लाख २९ हजार ३०४ पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप ३ हजार एक सय ६७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार आठ सय जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ७ सय २७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्