Techie IT
मंगलबार, कात्तिक ४,२०७७

प्रहरीद्धारा वीरगञ्जमा २३ किलो सुन बरामद


काठमाडौं ।
वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले छापा मारी २३ किलो सुन बरामद। प्रहरीका अनुसार अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो। तर, सिन्हा भने फेला परेका छैनन्। बरामद सुनमध्ये १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ ।

सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ । सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्