स्याङ्जा २ मा मतगणनाका लागि बोलाइयो सर्वदलीय बैठक

काठमाडौं । स्याङ्जा २ मा मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन आयोगले बुधबार पुनःमतदान नगर्ने र यसअघि भएकै मतदानअनुसार मतगणना सुरु गर्ने निर्णय गरेसँगै मतगणनका लागि बैठक बोलाइएको हो । स्याङ्जा २ मा नेकपा एमालेले बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गरी निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
तर, आयोगको पुनःमतदान नगर्ने र यसअघि भएकै मतदानअनुसार मतगणना बुधबार भएको निर्णयपछि निर्वाचन अधिकृतले मतगणनाको तयारी गरेका छन् । अब केही समयपछि सर्वदलीय बैठक बस्ने स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्