Techie IT
१७ माघ २०७९, मंगलबार

सल्यानका तत्कालीन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुनलगायत ६ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्यांकन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेकोले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानुनअनुसार सजायको माग दाबी गरिएको छ ।

साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्यांकन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको अख्तियारको आरोप छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्