Techie IT
बिहीबार, कात्तिक १३,२०७७

कर्फ्यूमा पनि भ्याट ?


काठमाडौं,साउन २५

समूदाय स्तरमै कोरोनासंक्रमण फैलिदै गएपछि सरकारले अवस्था हेरी क्षेत्रगत रुपमा कर्फ्यू लगाएको वेला पनि त्यस क्षेत्रका ब्यबसायीलाई तत्काल VAT  तिर्न तारन्तार ताकेता दिइरहेपछी ब्यबसायीहरु निकै अप्ठेरोमा परेका छन् ।

अहिले विराटनगर,सिराहा,जनकपुर,रौतहट,वारा,वीरगंज,नुवाकोट,नेपालगञ्ज लगायत काठमाडौं उपत्यका कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले  त्यस क्षेत्रमा सिल गरेको छ भने केही ठाउँमा आवतजावतमा  रोक लगाईएको छ ।

त्यसरी हिडडुलमा नै रोक लगाएइएका क्षेत्रमा भ्याट अफिस पनि वन्द रहेका छन् । त्यस्तो अवस्थामा ब्यबसायीले भ्याट जम्मा गर्न सक्ने अवस्था रहेको छैन तर जसरी भएपनि भ्याट नतिरे जरिवाना लाग्छ भनेर ब्यबसायीलाई आन्तरिक राजस्व कार्यालयले ताकेता गर्दा ब्यबसायीहरु निकै अप्ठेरो परेको अवस्थामा रहेको थाहा भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्