Techie IT
बिहीबार, कात्तिक १३,२०७७

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित


गण्डकी ।
गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । राससका अनुसार प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्