Techie IT
१४ मंसीर २०७९, बुधबार

आगलागीबाट भ्यान जलेर क्षति


झापा । कचनकवल गाउँपालिका-६ बनियानी बजारस्थित भित्री सडकमा को.१ च. ६९३१ नम्बरको विद्या निकेतन बोर्डिङ स्कुलको मारुती भ्यानमा बिहीबार बिहान आगलागी हुँदा भ्यान जलेर पूर्ण रूपमा क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्