Techie IT
१४ मंसीर २०७९, बुधबार

कांग्रेसमा उठाउन सिफारिस,हराउन साँठगाँठ !


काठमाडौं, गत आइतबार सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन विपक्षी पार्टीसँग अपवित्र साँठगाँठ गरेको खुल्दै जान थालेको छ ।

महामन्त्री थापाले काठमाडौँमा नेपाल स्वतन्त्र पार्टीसँग आफू चुनाव जित्न र पार्टीका अरु उम्मेदवारलाई हराउन साँठगाँठ गरेको आरोप लागि रहेको वेला स्वतन्त्र पार्टीका रवी लामिछानेसँग चुनाव उठाउन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवनबाट उठाउन थापाले नै टिकटको सिफारिस गरेको थाहा भएको छ ।

उनलाई लामिछानेसँग चुनाब लडाउने गरी पार्टीबाट सिफारिस गर्न महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा व्यापारी सांसद अनिल रुङ्गटा लगायतले चितवनका कांग्रेसका नेताहरुलाई तारन्तर फोन गरेको एक कांग्रेसी नेताले नाम नबताउने शर्तमा सुलसुलेलाई बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्