Techie IT
१४ मंसीर २०७९, बुधबार

सिरहा–३ प्रदेशसभा (१)मा एमालेका सिंह विजयी


लहान । प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी भएका छन् । सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले राससलाई जानकारी दिए ।

सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गरे भने जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्