Techie IT
१४ मंसीर २०७९, बुधबार

चितवन २ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी


चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।

उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्