Techie IT
१४ मंसीर २०७९, बुधबार

दैलेख–१ प्रदेशसभा (१)मा कांग्रेसका बिसी विजयी


दैलेख । दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् । उनले नेकपा (एमाले)का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराएका छन् ।

जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० हजार पाँच सय ४४ मत पाए भने एमालेका थापाले नौ हजार चार सय ६८ मत प्राप्त गरे । निर्वाचित बिसी पूर्व कांग्रेस सभापतिसमेत हुन् ।

यस्तै राप्रपाका रणबहादुर सिंहले एक हजार सात सय चार, नेमकिपाका लक्ष्मीकुमारी सिंहले दुई सय एक, स्वतन्त्र पार्टीका टेकबहादुर खाणले चार सय १७ मत पाएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्