Techie IT
१४ मंसीर २०७९, बुधबार

धनुषा ३ (१) बाट कांग्रेसका रामसरोज यादव निर्वाचित


धनुषा । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा. प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्