Techie IT
मंगलबार, मंसीर १६,२०७७

अझै लागेन वेपत्ता किशोरको अत्तोपत्तो


काठमाडौं,साउन २५

कक्षा ११ मा पढ्ने वेपत्ता किशोर न्यौपानेको अझैसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।

जनता उच्च मा.वि.मा पढ्ने उनि वि.सं. २०६८ साल साउन २२ गते दिनको चार वजे घरबाट साथीको घर जान्छु भनेर हिडेका किशोर अझै सम्म घर फर्किएर आएका छैनन् । आफ्नो छोराको पिडाले छटपटिएकी उनकी आमाले ममी ममी मलाई वचाउनुहोस् भनेको पनि नौ वर्ष भयो तर किशोर पर्किएर नआएकोमा साह्रै दुखित देििन्छन् उनकी आमा ।

प्रहरीले अनुसन्धान त गर्यो तर अनुसन्धान केबल अनुसन्धानमा मात्रै सिमित भयो । किशोरको न सास न लास । प्रहरीले परिवारलाई दशैँमा घरै आउने आस समेत देखायो तर अहँ किशोर फर्केर आएनन् ।

किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिड्छन् सरोकारवाला निकायहरुलाई देखाउछन् तर छोराको खोजीका लागि कही कतैबाट सुनुवाई समेत नभएको उनको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्