Techie IT
१४ मंसीर २०७९, बुधबार

तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी


तनहुँ, तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी हुनुभएको छ ।

आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेकपा ९एमाले० का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुनुहुन्छ । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्र्रतिस्पर्धा गर्नुभएको थियो । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।-
रासस


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्