Techie IT
बुधबार, मंसीर १०,२०७७

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण २२ हजार ९७२ पुगे संक्रमित !


काठमाडौं,साउन २५

देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा आइतबार थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो। यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । सो अवधिमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए।अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन्।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा. गौतमले बताए।

ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड(१९ ) पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ।त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ।

उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन।मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।यो सँगै कोभिड(१९ ) बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्