Techie IT
१२ मंसीर २०७८, आईतबार

युवा समूहबीच झडप , पाँच घाइते


टीकापुर, साउन २५
कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं. ६ र वडा नं. ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं. ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं. ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले राससलाई जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्