Techie IT
३१ असोज २०७८, आईतबार

किसानको तोरी सहकारीले किन्ने


झापा, साउन २५
मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ । सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा रु. दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा शर्माले बताए । संस्थाले तोरी तेल उद्योग नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

उनका अनुसार संस्थाले मेचीनगरका–९ देखि १५ सम्मका सबै तोरी किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने छ । यो अनुदान मल र बीउ किन्नका लागि दिइएको हो । मेचीनगर–१० स्थित सहकारीले स्थापनाकालदेखि नै तोरीको शुद्ध तेल आफैंले उत्पादन गरी सदस्यलाई सहुलियतमा बिक्री गर्दै आएको छ । विगत वर्षदेखि संस्थाले भाडामा जग्गा लिई तोरी खेतीसमेत गर्दै आएको छ । आव २०७६/०७७ मा रु. एक करोड ४४ लाखको कारोवार गरेको संस्थाले यस वर्ष १२ बिघा जग्गा भाडामा लिएर आफैं तोरी खेती गर्ने तयारी गरेको राससले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्