Techie IT
२२ मंसीर २०७९, बिहीबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ राजनागी टोल बस्ने प्रेम बहादुर कामीको घरमा करेन्ट सर्ट भई बिहीबार साँझ आगलागी हुँदा घर तथा खाद्यान्न, लत्तापडा समेत गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै,पर्सा, वीरगंज महानगरपालिका-१० कुमारीमाई मन्दिरस्थित प्रभु प्रसाद कलवारको रम्भा मसला उद्योगमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्