Techie IT
२२ मंसीर २०७९, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं ।  नागार्जुन नगरपालिका-६ घट्टेकुलो चोक नजिक बा.प्र.०२-०२८ प. ८८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै,ललितपुर, महानगरपालिका-२८ हरिसिद्धि पेट्रोल पम्पस्थित सडकमा ना.४ ख. ३१२९ नम्बरको पानी ट्याङ्करको ठक्करबाट पैदलयात्रीलाई हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, चितवन, भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०६-०१ प. १९८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका-२ बस्ने १९ वर्षीय महमद सकिल साहको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई बिपरित दिशाबाट आउँदै गरेको लु।२ ख ५५ नम्बरको ट्रकले किच्दा महमदको घटनास्थलमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, कास्की, पोखरा महानगरपालिका-६ बुलौदीस्थित सडकमा लु.८७ प. ६८७९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका-११ घर भएका अशोक पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्