Techie IT
२२ मंसीर २०७९, बिहीबार

छोराको हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं । छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

सोही दिनदेखि फरार रहेका लौरंगलाई शुक्रबार बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्