Techie IT
२२ मंसीर २०७९, बिहीबार

नक्कली नोट सहित एकजना पक्राउ


सिरहा । कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामती रहेका छन् ।ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्